१४ जेष्ठ २०७७
धुलिखेल । सरकारद्वारा प्रतिबन्धित पार्टी नेकपा (विप्लब समूह) काभ्रेका नेता लेखराज गजमेर थुनामुक्त हुनेवित्तिकै पुनः गिरफ्तारमा परेका छन् । सर्वोच्च अदातलले २०७७÷०२÷१४ छोड्न आदेश दिएपनि जिल्ला प्रहरी कार्यालय, काभ्रेको हिरामत रहेका गजमेरलाई पुनः गिरफतार गरेका हुन् ।
सर्वोच्चको आदेशपछि जिल्ला अदालत काभ्रेका श्रेस्तेदार गोविन्द प्रसाद घिमिरे र इन्सेक काभ्रेका प्रतिनिधि हिरामान लामाको रोहवरमा थुनामुक्त गरिएको थियो । तर सादा पोषाकमा रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका इन्स्पेक्टर सुरेश खत्रीको टोलीले थुनामुक्त हुने वित्तिकै गजमेरलाई गिरफ्तार गरेका थिए ।
उनलाई संगठित अपराध अन्तर्गत विष्फोटक पदार्थ मुद्दामा जिल्ला प्रहरी कार्यालय काभ्रेमा थुनामा राखिएको थियो । जगमेरलाई २०७७÷०१÷१८ गते जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतबाट काभ्रे ल्याइएको थियो ।
गजमेरले २०७७/०२/०२ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
पुनःगिरफ्तारमा परेका नेता गजमेरलाई प्रहरीले बा १२ च २५७४ नम्बरको गाडीमा चढाएर काठमाण्डौ तर्फ लगेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।