१४ जेष्ठ २०७७
काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ६ स्थित खाक्सी स्थित रोशी खोलामा आएको भिषण बाढीमा फसेका बृद्ध भर्खरै उद्धार भएको छ । नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासबाट करीब २ घण्टा लगाएर उद्धार गरिएको हो ।
आज परेको अविरल वर्षाका कारण रोशी खोलामा भिषण बाढी आएपछि माछा मार्न गएका स्थानीय ६० वर्षिय पञ्चलाल तामाङ फसेका खोलाको बीचमा फसेका थिए ।
सेना र प्रहरीद्वारा उद्धार पछि पञ्चलाल
भकुण्डेबाट नेपाली सेनाको एक टुकडी पुगेर उद्धार गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले तेमाल अनलाईनलाई जानकारी दिए ।
रोशीखोलमा फसेका पञ्चलालको स्वास्थ्य सामान्य रहेको उनकी बुहारी चन्द्रमाया तामाङले जानकारी दिएका छन् ।
नेपाल प्रहरी र नेपाली सेनाको साहसीक काम प्रति स्थानीय खुशी भएका छन् । ‘मेरो ससुरा यसरी फसेपछि कसरी उद्धार गर्ने भनेर हामी धेरै चिन्तित थियौं ।’ बुहारी चन्द्रमायाले भनिन्, ‘नेपाली सेना र नेपाल प्रहरीलाई हृदयदेखि नै धन्यवाद ।’
वारी पारी रोशीखोला र बीचमा अलिकति रहेको जमिनमा उनी फसेको उनकी बुहारी चन्द्रमाया तामाङले तेमाल अनलाईनलाई जानकारी दिए ।
बुहारी चन्द्रमायाका अनुसार पञ्चलाल १ बजे माछा मार्न घरबाट निस्केका थिए । अविराल वर्षाका कारण उनको खोजीनीति गर्न सकेको थिएन । ‘करिब चार बजेर तीस मिनेट तिर हामीले थाहा हामीले पायौं । साँझ ५ बजे हामी खोलाको छेउमा आईपुग्यौं ।’ चन्द्रमायाले भनिन्, ‘गाउँलेहरु जम्मा त भयौं तर उहाँको उद्धार गर्न कसैले सक्ने अवस्था नै छैन ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।