सुदिन लामा
१४ जेष्ठ २०७७
खानीखोला । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ७ मिल्चेमा मंगलबार एक्कासी आएको हावाहुरीले घरै भत्काएपछि बासस्थान बनाउन जुटेका छन् । हावाहुरीले सो स्थानमा ३१ घर भत्किनुको साथै छाना उडाएपछि स्थानीय बासस्थान बनाउन जुटेका हुन् ।

भिडियो हेर्नुहोस्

वर्षा भएकोले छाना उडाएको घर भत्किने सम्भावना भएपछि सुरक्षित बासस्थानको खोजीमा स्थानीय लागेको थानीय समाजसेवी टंकबहादुर मोक्तानले जानकारी दिएका छन् । बासस्थान निर्माणमा कार्यमा तामाङ युवा एकता समाजका युवाहरु लागेको मोक्तानले बताए ।

स्थानीय सरकार बेखबर
खानीखोला वडा नं. ७ मा हावाहुरीले ठूलो क्षति पुगेपनि स्थानीय सरकार भने बेखबर रहेको छ । गाउँ नै पूर्ण रुपमा उजाड हुँदा पनि स्थानीय सरकार बेखरबर हुनु गैरजिम्मेवारी पन भएको स्थानीयले गुनासो गर्न थालेका छन् । वडा अध्यक्ष क्षेत्रमान ग्याबा गाउँमा सहनुभूति दिन बाहेक कुनै राहत वा क्षति विवरण संकलन गर्न स्थानीय सरकार आएका छैनन् ।

यस सम्बन्धमा गाउँपालिका अध्यक्ष कृष्ण खुलाललाई सम्पर्क गर्दा उनको मोबाईल नम्बरमा सम्पर्क हुन सकेन ।
बृद्धा–बृद्ध र बालबलिाकालाई सबैभन्दा बढी समस्या
हावाहुरी गाउँ नै उजाड भएपछि बृद्ध–बृद्धा र बालबालिका सबैभन्दा बढी समस्यामा परेका छन् । समाजसेवी मोक्तानका अनुसार वर्षाका कारण ओत लाग्ने ठाउँ नहुँदा उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर समेत परेको छ । विरामी तथा गर्भवती महिला पनि समस्यामा परेको छ ।
यसैबीच वडा अध्यक्ष ग्याबाले पिडितहरुलाई विहिबार वडा कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला