१५ जेष्ठ २०७७
काठमााडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मूर्छित सपनाहरू साकार हुन थालेको बताएका छन् ।
गणतन्त्र दिवसका सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका छन् । उनले भनेका छन्, “गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको छ । जनताको चेतनाले ठूलो फड्को मारेको छ । वर्षौँदेखि मूर्छित विकास र समृद्धिका सपनाहरुले साकार रुप लिन थालेका छन्,।”
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















