काठमाडौं महानगर चेम्बरले मनमोहन मेमोरियल टिचिङ हस्पिटललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
चेम्बरले पिपिई ५ थान, गमबुट ५ जोर, गमबुट कभर ५ जोर, थर्मल गन २ थान, सर्जिकल मास्क १ हजार थान, फेस सिल ५ थान, सर्जिकल क्याप १ हजार थान, सर्जिकल ग्लोभ १ सय थान र एन ९५ मास्क २ थान सहयोग उपलब्ध गराएको हो ।
कोभिड–१९ संक्रमणको रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराइएको काठमाडौं महानगर चेम्बरका अध्यक्ष पंकजचन्द्र श्रेष्ठले बताए ।
मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले ‘‘कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण सहकारी केन्द्र’’को रुपमा सेवा दिदै आएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















