१६ जेष्ठ २०७७
बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिका–७ स्थित तरकारी बजारमा आगलागी हुँदा ५ जना घाइते भएकाछन् । खाना पकाउने ग्यास लिकेज भइ आगलागी हुँदा ५ जना घाइते भएको हो ।
बनेपाको एक घरमा ३ तल्ला माथी ग्यास लिकेच भइ आगलागी हुँदा रत्न कुमार ठकुरीसहितको परिवार घाइते भएका छन् ।
आगलागीबाट ठकुरीसँगै वर्ष २६ को रुकेश साह ठकुरी, वर्ष २४ कि सोफि ठकुरी, वर्ष १६ को आयुश ठकुरी, वर्ष १४ को अनिश ठकुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । डिएसपी थापाको अनुसार आगलागीबाट ठकुरीको १८ महिनाकी छोरी रतना ठकुरी पनि घाइते भएकी छिन् ।
त्यस्तै पेट, निधार, अनुहार र हातमा चोट लागेका उनीहरूलाई उपचारको लागि बनेपास्थित शीर मेमोरियल अस्पताल लगिएको थियो । तर अस्पतालले घाइते सबैलाई काठमाडौको कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ ।
त्यसैगरी घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।