अञ्जली तामाङ , १६ जेष्ठ २०७७
धुलिखेल । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५ मा बोका र बाख्रा चोर्ने २ जना प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका वडा नं. ७ निवासी बिबेक तामाङको बाख्राको खोरबाट चोरेको बोका र बाख्रा सहित ती चोरहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा रोशी गाउँपालिका वडा नं. ९ बस्ने बर्ष २२ को सजिन शाह ठकुरी र धुलिखेल वडा नं. २ रविओपी बस्ने बर्ष २७ को डिल बहादुर तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार गत बुधबार ४ बजेको समयमा उनीहरुले विवेकको बाख्राको खोरबाट ३ वटा बोका र ४ वटा बाख्राचोरी गरेका थिए ।
चोरी भएको खबर प्राप्त हुनसाथ तत्काल ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको अनुसन्धान टोलीले खोजतलास गर्दै जाँने क्रममा सोही दिन कानपुरबाट भकुण्डेतर्फ जाँदै गरेको बा.१६.च ८८३० नं. को बोलेरो गाडी चोर सहित बोका र बाख्रा फेला पारेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई चोरी तथा डाँका सम्बन्धि कसूर अपराधमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।