अशोक बुद्ध लामा
१७ जेष्ठ २०७७
पनौती । पनौती नगरपालिकामा कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि भनेर ‘ह्याण्ड वासिङ स्टेशन’ स्थापना गरिएको छ । कोरोना भाइरस प्रतिकार्य कार्यक्रम अन्तर्गत पनौती नगरपालिकामा ह्याण्ड वासिङ स्टेशन स्थापन गरिएको हो ।
शान्ति जनआर्दश सेवा केन्द्र, सि. आर. एस. को आर्थिक सहयोग तथा पनौती नगरपालिकाको सहकार्यमा उक्त ह्याण्ड वासिङ स्टेशन स्थापना गरिएको बताइएको छ ।
शुक्रबार पनौती नगरपालिका, इन्द्रेश्वर मावि र आज खोपासी क्वारेन्टाइनमा जडान ‘ह्याण्ड वासिङ स्टेशन’ स्थापना गरिएको छ । कार्यक्रममा पनौती नगरपालिका प्रमुख भीम न्यौपाने, उपप्रमुख गीता बन्जारा, शान्ती जनआर्दश सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा, प्रमुख प्रशाकीय अधिकृत हरिप्रसाद चाँपागाई, बरिष्ठ प्रशाकीय अधिकृत इन्द्रप्रसाद अधिकारी लगायतका सहभागीता रहेका थिए ।
शान्ति जनआर्दश सेवा केन्द्रका अध्यक्ष लामाले पनौती नगरपालिका, खोपासी तथा इन्देश्वर क्वारेन्टाइन, १२ वटै वडामा ह्याण्ड वासिङ स्टेशन स्थापना गरिने जानकारी दिए । उनका अनुसार संस्थाले हातमुख जोड्न नै समस्यामा परेका २२५ परिवारलाई १३ हजार पाँच सयका दरले राहत वितरण गर्न लागेको समेत जानकारी दिए । नगरप्रमुख न्यौपानेले ह्याण्ड वासिङ स्टेशन जडानले कोरोना भाइरसबाट बच्न सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















