१८ जेष्ठ २०७७
धुलिखेल । आर्थिक वर्ष २०७७।०७८ को लागि काभ्रे जिल्लाका १३ स्थानीय तहलाई करोडौं रुपैयाँ बजेट बिनियोजन गरिएको छ । समानीकरण, सशर्त र समपुरक अनुदान गरी विभिन्न स्थानीय तहलाई उक्त बजेट बिनियोजन गरिएको हो ।
काभ्रेका १३ वटा स्थानीय तह मध्ये सबैभन्दा बढी बजेट बनेपा नगरपालिकामा र सबै भन्दा कम खानीखोला गाउँपालिकालाई परेको छ ।
सोही अनुसार बनेपा नगरपालिकाका लागि ५२ करोड १० लाख, पनौती नगरपालिकामा ४४ करोड ५२ लाख, धुलिखेल नगरपालिकामा ४० करोड ४६ लाख, पाँचखाल नगरपालिकामा ३९ करोड २२ लाख रुपियाँ रहेको छ ।
त्यसैगरि रोशी गाउँपालिकामा ३८ करोड ४९ लाख, नमोबुद्ध नगरपालिकामा ३८ करोड ८ लाख, मण्डनदेउपुर नगरपालिकामा ३५ करोड ३८ लाख, चौँरीदेउराली गाउँपालिका ३२ करोड ६८ लाख, भुम्लु गाउँपालिकामा २८ करोड ३७ लाख तेमाल गाउँपालिकामा २७ करोड ८८ लाख, महाभारत गाउँपालिका २६ करोड ८२ लाख, बेथानचोक गाउँपालिकामा २४ करोड २२ लाख र खानीखोला गाउँपालिकामा २० करोड १८ लाख बजेट परेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।