१८ जेष्ठ २०७७
काठमाडौं । छिमेकि मुलुक भारतमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार १ सय ८५ पुगेको छ ।
एक लाख ८१ हजार आठ सय भन्दा बीमा सङ्क्रमण भएको छ । पछिल्लो २४ घण्टामा मात्र आठ हजार तीन सय भन्दा बढी नयाँ संक्रमित थपिएको वर्ल्डओमिटरले जनाएको छ ।संक्रमित मध्य ८६ हजार ९ सय भन्दाबढी उपचारपछि निको भएका छन् ।
यसैबिच, सङ्क्रमण र ज्यान गुमाउने संख्या बढिरहेकै बेला भारत सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ ।
सोमबारदेखि रेस्टुरेण्ट, होटल, शपिंग सेन्टर र पूजा गर्ने ठाउँहरूलाई खुला गर्न अनुमति दिने भएको छ । लकडाउन हटाउने तीन चरणको योजनाको पहिलो चरणमा धेरै क्षेत्रहरूमा पुनः खोल्न अनुमति दिएको भारतिय संचार माध्यमले जनाएको छ ।
यस्तै जुलाई महनिा अर्थात एक महिनापछि बिद्यालय तथा कलेजहरुमा पढाइ शुरु गर्ने पनि तयारी गरेको खबरमा उल्लेख छ । लकडाउनलाइ खुकुलो बनाउने बताएपनि भारतमा सङ्क्रमण निकै बढेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















