डिलबहादुर थोकर, २० जेष्ठ २०७७ नमोबुद्ध । बन्दाबन्दीकै बीचमा पनि निरन्तर रुपमा काम गरेको उपभोक्ता समितिले नमोबुद्ध नगरपालिकाको दाप्चा क्षेत्रको ८ किलो मिटर सडक स्तरउन्नतीको काम सम्पन्न गरेको छ ।
बागमती प्रदेशका प्रदेश सभासदस्य चन्द्र लामाको संससदिय निर्वाचन क्षेत्र विकास कोषबाट प्राप्त ५० लाख बजेटबाट शुरु गरेको सडक स्तरउन्नतीको काम नगरको वडा नं. ७, ८, ९, १०, ११ र १ जोड्ने श्यामपाटी–काउसे–दारेगौंडा–भकुण्डे सडकखण्डको ८ किलो मिटर सडक तोकिएको समयभन्दा करिब एक महिना अगाडी नै सम्पन्न गरेको सडक स्तरउन्नती उपभोक्ता समितिका अध्यक्ष टिका बहादुर तामाङ(धावा)ले बताए ।
फोटोः योजना कार्य सम्पन्न भएपछि सार्वजनिक सुनवाई गर्दै जनप्रतिनिधि, स्थानीय र उपभोक्ता समितिका पदाधिकारीहरु ।
‘हामीले योजना सम्झौता भएको समयभन्दा करिब एक महिना अगाडी नै त्यो पनि कम लागतमा तोकिको क्वान्टिटी अनुसारकै काम सम्पन्न गरेका छौं ।’ उपभोक्ता समितिका अध्यक्ष तामाङले भने, ‘उपभोक्ता समितिले गरेको काममा भ्रष्टाचार, ढिलासुस्ति, नराम्रो र समयमा कहिल्यै गर्दैन भन्ने आमजनमानसको बुझाईलाई गलत सावित गर्दै हामीले जिल्लाकै नमुना काम गरेर देखाएका छौं ।’ यसअघि ४ मिटर रहेको सडक बढाएर बढाएर ८ मिटरका बनाएको हो ।
कन्टेन्जिेसि कट्टी गरेर प्राप्त गरेको ४७ लाख ७३ हजार ९८० रकम प्राप्त गरेकोमा काम सम्पन्न गरेर अझै ३ लाख ८ हजार ५ सय रुपैयाँ रकम बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ । स्टमेट भन्दा बढी र मेशिनहरु चलेको दरभन्दा कम लागतमा काम थोरै रकमबाट धेरै काम गर्न सफल भएको तामाङले दावी गरे । ‘हामीलाई सो काममा समुदायले पनि धेरै सहयोग गर्नुभयो, जसका कारण पनि हामीले उत्कृष्ट काम गर्न सफल भएका छौं ।’ उनले भने । फागुन ४ गतेबाट शुरु भएको काम आगामि जेठ अन्तिमसम्म सम्पन्न गर्नुपर्ने समयसिमा तोकिएको भएपनि गत वैशाख २५ गते नै सम्पन्न गरेको थियो ।
काम सम्पन्न भएसंगै विहीवार नै सम्बन्धीत वडाका वडा अध्यक्षहरु, जनसमुदाय र उपभोक्त समितिबीच सार्वजनिक सुनुवाई गरी काममा लागेको खर्च विवरणहरु प्रस्तुत गरेको छ । सो क्रममा जिल्ला समन्वय समितिका सदस्य कृष्णबहादुर लामा, नमोबुद्ध नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्म सिं लामा, वडा नं. १० का अध्यक्ष रामकृष्ण अधिकारी र वडा नं. ११ का अध्यक्ष कृष्णबहादुर लामासहितको उपस्थिति रहेको थियो । औपचारिक रुपमा उद्घाटन गर्न भने बाँकी रहेको समितिले जनाएको छ । सडक स्तरउन्नती भएपछि अब त्यहाँका किसानहरुले आफ्नो बारीमा फलाएको तरकारी आफ्नै घर आँगनबाट बजारसम्म पु¥याएर आर्थिक उपार्जनमा सहज हुने भएको छ ।
सो सडकको स्तरउन्नती भएसंगै अब छिट्टै कालोपत्रे(पक्कि) गर्नको लागि नगरसभाबाट समपुरक बजेटबाट नगरपालिका एक करोड र प्रदेश सरकारको एक करोड गरी दुई करोड बजेट विनियोजन भइसकेको उपभोक्ता समितिका अध्यक्ष तामाङले बताए । काम सम्पन्न भएपछि भकुण्डे नौविसे–पुजारी टापु–दारेगौंडा–सिमपानी छाप–काउसे–नमोबुद्ध–पनौती–ललितपुरको लुभु हुँदै ग्वार्को जान निकै सजिलो हुने भएको छ । नगरको अनुगमन समितिले समेत उत्कृष्ट कामको रुपमा लिएको उक्त सडक नगरपालिकाले नगर मध्यमार्गको रुपमा विकास गर्ने भएको छ ।
नमोबुद्ध नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्मसिं लामासँगको अन्तरवार्ता हेर्नुहोस्ः