२० जेठ २०७७
धुलिखेल । धुलिखेल अस्पतालका डाक्टरहरु आन्दोलनमा उत्रेका छन । डाक्टर माथि हुने कुटपिट बन्द गर्न माग गर्दै धुलिखेल अस्पतालका डाक्टरहरु आज आन्दोलनमा उत्रेका हुन ।
काठमाडौको जोरपाटीमा रहेको मेडिकल कलेजका डाक्टर माथी कुटपिट गरेको भन्दै त्यसको विरुद्ध आन्दोलनमा उत्रेको उनीहरुले बताएका छन ।
उनीहरुले विहान पुरानो बसपार्कमा भेला भएर कुटपिट गर्ने विरुद्ध कडा कारबाहीको माग गरेका हुन् । गत जेठ १४ गते जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्युपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए । घटनामा संलग्न दोषीको पहिचान गरी तत्काल कारवाही प्रक्रिया अगाडि बढाउनु उनीहरुले माग गरेका छन् । सो आन्दोलनको देशभरका चिकित्सकहरुले समर्थन गरेका छन् ।
कोरोना भाइरसको बिश्वब्यापी महामारीको बेला डाक्टरहरु आन्दोलनमा उत्रनु सान्दर्भिक नभएको बताउन थालेका छन ।

Comments

comments