२३ जेष्ठ २०७७
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा ३ जना कोरोना भाइरस संक्रमित भेटिएपछि गाउँपालिका अध्यक्ष डिबी लामाले त्रसित नहुन सबैमा अनुरोध गरेका छन् । आज संक्रमित पुष्टि भएपछि अध्यक्ष लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत त्रसित नहुन र सुरक्षित हुन सबैमा अनुरोध गरेका हुन् ।
लामाले संक्रमित ३ जना नै भारतबाट आएका ब्यक्तिहरु भएको र रोशी क्षेत्रमा प्रवेश हुनु पुर्ब नै गाडी मार्फत सुरक्षित ढंगले ल्याएर क्वारेन्टाइनमा राखिएको बताएका छन् ।
भारतबाट आएकाहरुमा मात्र कोरोना संक्रमित देखिएको ले धेरै त्रसित नहुन र सुरक्षीत हुन उनले अनुरोध गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















