२३ जेष्ठ २०७७
धुलिखेल । काभ्रे जिल्लाका कोरोना संक्रमित ५ जना मेडिकल कलेज दुवाकोटको कोभिड अस्पतालमा पाईएको छ । उनीहरुमा कोरोना संक्रमणको रिपोर्ट आएपछि उक्त अस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
झाका अनुसार काभ्रे जिल्ला अन्तर्गत रोशी गाउँपालिकाको वर्ष २० की १ जना महिला, सोही गाउँपालिकाको क्रमशः वर्ष २२ र वर्ष २९ को २ जना पुरुष, पाँचखाल नगरपालिकाको वर्ष ३९ को १ जना पुरुष र पनौती नगरपालिकाको को वर्ष ३९ को १ जना गरी ५ जनालाई दुवाकोटमा रहेको कोभिड अस्पतालमा पठाइएको छ ।
त्यसैगरि एक जना कोरोना शंकास्पद महिलालाई बनेपामा रहेको शिर मेमोरियल अस्पतालको आइसोलेशन कक्षमा राखिएको झाले जानकारी दिएका छन् ।
उनका अनुसार काभ्रे जिल्लामा हालसम्म ९९ जना पुरुष र १३ जना महिला गरी जम्मा ११२ जना विभिन्न पालिकाहरुमा रहेका क्वारेन्टाइनमा राखिएको छ ।

Comments

comments