छेडुप तामाङ
२४ जेष्ठ २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बुद्धसिं तामाङले आफूले कुनै एउटा जाति धर्म विशेषको हितको लागि मात्र काम नगरेको बताएका छन् । तेमाल अनलाइनको यूट्युब च्यानल हाम्रो टिभी नमोबुद्धसँगको संवादमा वडा अध्यक्ष तामाङले उक्त कुरा बताएका हुन् ।
उपभोक्ता समिति गठन गर्दा आफ्नो कार्यकर्ताहरुलाई मात्र समावेश गरेको भन्ने जिज्ञासाको जवाफ दिंदै वडा अध्यक्ष तामाङले विधि अनुसार नै समिति गठन भएको बताए ।
‘हामीले उपभोक्ता समिति गठन गर्दा सार्वजनिक सूचना जारी गरेर भेला आव्हान गर्छौं । बजेट थोरै होस या धेरै होस् हामीले विधि अनुसार नै गठन गरेका छौं ।’ उनले भने, ‘भेलामा कुन पार्टीको को आयो को आएन भन्ने हुँदैन । उपभोक्ता आएपछि गठन हुन्छ । जनप्रतिनिधि त साक्षी मात्र हो भेलामा । चुन्ने अधिकार सबै उपभोक्तालाई मात्र हुन्छ । त्यो आरोप झुट हो ।’
तामाङसाँगको भिडियो अन्तरवार्ता हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















