कान्छा लामा तामाङ (क. परिभाषा)
‘एउटा क्रान्तिलाई अर्को क्रान्तिले पछ्याउँछ, क्रान्ति निरन्तर चल्छ।’ –क. माओ
सबैले भन्ने गर्छन्– हाम्रो देश भु–परिवेष्ठिक सानो मुलुक हो। म भन्छु के अर्थमा सानो हो । सानो मुलुकको सानो बुद्धि ज्ञान हुन्छ भन्न खोज्नु भएको हो, हामी यो कुरामा सहमत छैनौं । हाम्रो मुलुक भुगोलको हिसाबले अन्य केही ठूला मुलुक भन्दा सानो होला तर बास्तव मै ठूला पनि होईनौ र सानो पनि छैन ।
हामीलाई सानो आज हाम्रै सोचाई, विचार र कामले बनाएका छन्। आज मुलुक गरिवीको रेखा मुनि, विश्वको टपटेन गरिबी मुलुक मध्येका एक कसले बनायो ? जनताले काम नगरी बसिबसि खाएर बसेको हो वा राज्य सत्ता संचालन गर्नेहरुले मुलुकलाई कंगाल बनायो ? आज हामीले नेपाली जनतालाई सहि सत्य र वास्तविक उत्तर दिन ठिक ठान्दछु । हामीलाई गरिव कसैले बनाएका छैन, गरिव, दरिद्र चेतनाले बनायो । हाम्रो सोच, विचार, चिन्तन, आदर्श, बुद्धि, विवेक ज्ञान, सीप, कला, प्रविधिले गरिव बनायो । यस मुलुकको विकाश गर्न सकेनौ र मुलुक पछि प¥यो, अन्य मुलुकको दाँजोमा। माया प्रिती गाँस्नेहरु भन्ने गर्छन् नि धनको गरिव भए पनि कहिल्यै मनको भने गरिव नबन्नु ।
कति धेरै माया छ नि यसमा । हो मानिस धनको गरिव भए पनि विचारको दरिद्र बन्नु हुन्न थियो तर नेपाली जनता चेतना, ज्ञान, विवेक र साहस गर्ने कुरामा कमजोर भयौं । पुराना बिकृत संस्कार, संस्कृति, मूल्य मान्यता, विचार, आदर्शलाई त्याग्न सकेनौं । देश र जनताको विकास, सम्बृद्दीमा छेक्ने, द्ुतगतिमा सफलतापूर्वक समाधान निकाली सम्बृद्धिमा अघि बढ्ने राज्य व्यवस्थाको मूल्यमान्यता, संरचना खडा गर्न सकेनौं। आज यसैको कारण मुलुक र जनता गरिव, कंगाल बन्न बाँध्य बन्यो। हाम्रो पछैटे सोच, काम, गति विधि, सरकार, सत्ता र राज्य व्यवस्थाले पछाडि पार्यो । पछाडि पर्नु नराम्रो होईन, धेरै कुरा सिक्ने र सिकेर अघि बढ्ने साहस गरौं ।
मुलुक र देशको जनता यहाँसम्म आईपुग्दा हाम्रा मुख्य समस्या के हो भन्ने कुरा बुझि सक्नु भयो होला। नबुझ्नु भएको भए पनि केही छैन, विचारको बहसको सृजना गरौ । विचारहरु माझम, यसले प्रकाश दिनेछ । हिराले जस्तै उज्यालो दिएर चम्कने छ ‘बैज्ञानिक समाजवाद’ को लक्ष्य अलपत्र पर्ने छैन ।
खिया लागेको हतियार भुत्ते नलाग्ने बेकम्मा हुन्छ, विचारमा पनि खिया लाग्यो भने त्यस्तै भुत्ते काम नलाग्ने बन्छ। हिजो सामान्तवादले दास जन्मायो भने आज पूँजीवादले मजदुर, श्रमिक जन्मायो। यो संसारमा दास, मजदुर, श्रमिक, किसान, निमुखा गरिवको आफ्नै राज्य थोरै ठाउमा होला तर हाम्रो मुलुकमा यो छैन ।
हामीले नयाँ राज्यसत्ता निर्माण गर्नु छ, जहाँ दास, मजदुर, श्रमिक, किसान, सुकुमवासी, निमुखा गरिव, आवज विहिनहरुको आवज बोक्ने, खुशी, शान्ति, सम्बृद्धि ल्याउने राज्य संरचना खडा गर्नु छ । विभेद खडा गर्ने जस्तैः धनी र गरिव, शासक र शासित, मालिक र नोकर, हुनेखाने र हँुदा खाने, बसि खाने र गरि खाने बिचको खाडल मासिदिनु पर्छ । त्यसैले यहाँ विचार, बहसको आवश्यकता छ। महान विचारहरुको बहस, छलफल सबैले चलाउने गर्ने गर्नु पर्दछ । विचारले जित्नोस संसार जित्नेछ, विचारले हारेको दिन सबै गुम्नेछ। जित्न खोज्नेहरु कहिल्यै हार्दैन, हार्नेहरुले कहिल्यै जित्दैनन्। बैज्ञानिक समाजवादका यात्रीहरु तपाईहरुले जित्नु पर्छ। तपाईंहरूले जित्दा सारा संसार हाँस्नेछन् , हार्दा थोरै सामन्ती , पुँजीपति र राष्ट्रघाती दलालहरु हाँस्ने छन्। धेरै मानिस खुशीले हाँस्दा थोरै मान्छे पिर लिएर रुन्छन् भने केही मान्नु पर्दैन । यो सर्वाहारा वर्गको जीत हो भनेर बुझ्नु पर्दछ।
आज पूर्वबाट उदाउने विहानीको लाल किरणले सबैलाई हसाउन खोज्दैछन् । आम नेपनली जनतालाई बैज्ञानिक समाजवादको प्रकाश छर्ने काम गरेको छ । मुक्तिकामी जनता बैज्ञानिक समाजवादको घाम ताप्न पाउँदा आनान्द महशुस गर्न थालेका छन् । लाल किरणले न्यानो प्रदान गर्न सक्नु पर्दछ। उर्जाले उत्साहित र बलियो बनाई दिन्छन् । हाम्रा आदर्शहरु चानचुने छैनन्, निराशावादी बन्नु पर्ने त्यस्तो कुनै कारण छैन। ू निरावादी बन्नु भूल हो । जहाँसम्म निराशावादीहरुको आलोचना गर्ने सवाल छ, हामी उनीहरु माथि सिदै खनिने होईन बरु तर्क संगत ढङ्गबाट प्रस्तुत हुनु पर्दछ। ओछ्यानबाट बिउँझे झै हाम्रो राष्ट्र पनि ब्युझदै छ। हामी हजारौ बर्ष देखि गाडेर बसेको सामान्ती व्यावस्थालाई फाल्न ब्युझेका छौ। हामीले स्वामित्वमा आधारित व्यावस्था फेरेका छौ । शुद्धीकरण अभियान र दक्षिण पन्थीहरु विरुद्धको लडाईमा हामीले सफलताहरु हासिल गरेका छौ। हाम्रो देश निश्चित रुपमा गरिव र कंगाल छन्, उनीहरु खाली कागज जस्ता हुन् ।
‘गरिव हुनु पनि राम्रै कुरा हो, कुन अर्थमा भने यसले तपाईलाई कन्तिकारी बन्न मद्दत र्पुयाउँछ । हुन पनि खाली कागजलाई धेरै उपयोग गर्न सकिन्छ । खाली कागजमा लेख्न पनि सक्नु हुन्छ र चित्र कोर्न पनि । खाली कागज लेख्नको लागि धेरै उपयोगी हुन्छ । अघि बढ्ने हो भने पश्चिमी विश्वलाई पछाडी पार्ने हो भने के हामीले बर्जुवा विचार चट्टै छोड्नु पर्दैन ? पश्चिमा मुलुकमा आम जनताहरुले बुर्जुवा विचारलाई परास्त गर्न चाहेमा कति बेर लाग्छ, कसलाई के थाहा । बुर्जुवा बाटोबाट फुत्कन चाहने बुद्दुहरुले हामीलाई गरु थापे हुन्छ।’ क. माओ भन्नू हुन्थ्यो।
यो मुलुक यहि अवस्थामा रहि रहने सम्भावना छैन । विश्वास गरौं, निरन्तरताको चेतनालाई क्रमभङ्ग गर्न आवश्यक छ । क्रमभङ्ग नयाँ आवश्यकता, छलाङ, गति विकास भन्ने बुझ्नु आश्यक हुन्छ । शदीऔं देखिको सामाजिक मूल्य मान्यता, संस्कार, सँस्कृति, धार्मिक, बिकृति, उत्पिडन, अन्याय, अत्यचार, लिङ्गीय विभेद, भूमिर अर्थको असमान वितरण , गरिबी, वेरोजगारी, बेथिति, सामन्त दलाल संस्कृति पुजीवादी चिन्तन आदी। यी पछौटे संस्कृति र चेतनाको कारण आजसम्म पनि मुलुकले यस समस्याबाट मुक्ति पाउन सकिरहेका छैनन् । पश्चगामी सोच, चिन्तन, आदर्श, विचार भनेको निरन्तरतामा क्रमिक विकास गरि अगाडि बढ्ने मुल मान्यता र विश्वास राख्ने गर्दछन् । यी कुरा हाम्रो मुलुकको सन्दर्भमा बेठिक वा गलत छन् भन्ने बुझ्ने मान्छे क्रान्तिकारी हो । क्रान्तिको शाब्दिक अर्थ परिवर्तन हो । त्यहि जगमा टेकेर बसेर परिवर्तन सम्भव हुदैन ।
परिवर्तन गर्नु छ त्यो पुरानो जगलाई फालेर नयाँ जग हाल्न सक्नु पर्ने हुन्छ। क्रान्ति क्रमिकता प्रक्रियाको भङ्ग हो। हामीले पुरानो चीजलाई छोडेर नयाँ चीजमा जान सक्नै पर्दछ। उहीँ चिज समातेर बस्नु भनेको त्यस चीजको मृत्यु हो। मृत्युमा भविश्य हुदैन र देखिन्न पनि । क्रान्ति उन्नती र प्रगतिको विकास गति हो। पुरानो फाल्ने र नयाँमा जाने प्रक्रिया हो । यो समाज विज्ञान नै हो समाज गतिशिल हुन्छ । निरन्तर अघि बढ्ने हुन्छ, अघि बढ्दा नै यसको अस्तित्वको विकाश र रक्षा हुने हुन्छ ।
बिगत २००७ साल देखि यहाँसम्म हेर्ने हो भने ०१७, ०३६, ०४६, ०५२, ०६२र०६३ दस पन्ध्र बर्षको अन्तरमा मुलुकको सरकार र सत्ता नै फाँडेर बदली दिने जन संघर्ष र युद्ध भएको पाउछौ । के यो आवश्यकता हो ? यो नेपाली जनतालाई गद्दारी र धोका हो । जनताले पटक पटक संर्घष र बलीदानी गरे तर शासन सत्तामा गए पछि नेताहरुले धोका दिने काम गरे । नेपाली जनताले किस्ता बन्दीको रुपमा परिवर्तनको अधिकार लिनु पर्यो । निरन्तर क्रान्तिमा लागेनन्, त्यस पछि कमजोर बन्दै गए ।
नयाँ शक्तिहरु जन्मिरहे पुरानो मर्दै गए । यो निरन्तर क्रान्तिको सिदान्तमा नरहँदाको परिणाम थियो । यो अवसरवादी चरित्र र शैदान्तिक विचलन हो। क्रान्ति पछि पनि क्रान्ति आवश्यक थियो । पुर्णरुपमा सत्ता परिवर्तन नहुदाँ खेरिसम्म यसको रक्षा र विकास सँगसगै लिएर जान नसक्नु र नचाहनुले नेपाली क्रान्ति विच विचमा तुईन पुग्यो । बदल्नु ठुलो कुरा होईन बदलिएको चिजलाई रक्षा र विकासमा अघि लिएर जानू मुख्य हुन्छ । ‘हामीले यति बेला मुलुकलाई चाँडो हाक्नु पर्दछ। त्यसो भयो भने हामीले बेल्जियमको दाँजोमा नपुग्ने कुरै छैन । अबको १५ बर्ष भित्र हाम्रो मुलुकलाई बेलायतको दाँजोमा पुार्उने छौ । ती १५ बर्षहरु अघिल्ला पाँच बर्षहरुमा भर पर्नेछ। ,ती अघिल्ला पाँच बर्षहरु त्यस भन्दा अघिल्ला तीन बर्षहरुमा, अघिल्ला तीन बर्षहरु पहिलो बर्षमा र पहिलो बर्ष पहिलो महिनामा भर पर्छ। यति खेर हाम्रो आशा जिउदो जाग्दो छ । हाम्रो देशमा तीब्र उत्साहको छाल उठी रहेको छ। त्यसो भएकोले हाम्रो देश अणु जस्तै बन्न पुगेको छ भन्नू साह्रै सहि हुन्छ। जब अणुको न्युक्लियस विस्फोट गराईन्छ त्यसले भंयकर ठुलो उर्जा पैदा गर्दछ । हामी पनि त्यस्तै गरेर पहिला गर्न नसकेका कामहरु सम्पन्न गर्ने छौ। जहाँसम्म भविश्य प्रति अन्धो पाराले विश्वास गर्ने कुरा छ, हाम्रो सरोकार भविश्य प्रति छ। भविश्य प्रति विश्वास गर्नु बिल्कुल ठिक छ तर त्यो कदापी अन्धो पाराको हुनु हुदैन।’ क. माओ
बिगतका संघर्षहरु सबै कुरा खतम थिए भन्ने ढङ्गले उछितो काट्नु हुदैन । बिगतमा थुप्रै राम्रा कुराहरु भएका छन्। तर बिगत माथि सधै एकोहोरो तरिकाले जोड दिने कुरा पनि बेठिक हुन्छ। मान्छेको ईतिहास जहिले पनि अगाडि बढ्छ पछाडी फर्कदैनन्। हामीले बैज्ञानिक समाजवादी क्रान्तिलाई अगाडि बढाउनु छः प्रचण्ड, केपि र सेर बहादुरलाई गाली गरेर मात्रै केही हुदैन । उनिहरुले जे बुझे त्यहि गरे, जति गर्न सके त्यति मात्र गरे । यो समय सापेक्ष पुगेन तर रोक्न खोज्नु बेठिक हुन्छ। हामीले उनीहरुले गरेका क्रियाकलाप, राष्ट्रघात, बेथिति, अराकजता, विदेशी प्रभुसँग गरेका दलाली, मुलुकको स्वाधिनता माथि पारेको आँच, राष्ट्र बिरोधी सहमती, सम्झौता, गलत सहकार्य, जनविरोधी हर्कत र कदमको खुलेर विरोध गर्न सक्नु पर्दछ । गलत चिजको विरोध र सहि सत्य बोल्दिनु क्रान्तिकारीको दायित्व हो । जनतालाई परेका अफ्ठ्यारा र समस्यामा साथ दिनु, सहि सत्य कुरामा संर्घष गर्नु क्रान्तिकारीपन हो। यस प्रक्रियाको विकास व्यापक गरि दिनु पर्दछ।
संघर्षको व्यापकिकरण सगँसगै बैज्ञानिक समाजवादी व्यवस्थाको व्यवहारिक अभ्यास र प्रयोगलाई जोडेर संघर्षलाई अगाडि बढाउनु पर्दछ। संघर्ष निरन्तर चल्ने र अघि बढ्ने बढाउने हुन्छ। संघर्षले क्रमभङ्ग गरि दिनु पर्छ, प्रत्येक संघर्षबाट जनताले नयाँ न्याय महशुस गर्ने छन्। परिवर्तनको आशा, विश्वास, शान्ति, न्याय शुसासनको ज्ञान जनतामा फैलिएर जानेछन् ।
क. माओ भन्नुहुन्छ, ‘हामीले हाम्रो शक्तिलाई जगाउनु पर्दछ, सुत्न दिनु हुदैन। यदि हामिले गल्ती गरि हाल्यौ भने थुप्रै विचारहरुलाई बढवा दिएर फस्टाउन दिएर सहि बाटोमा ल्याउन सकिन्छ । त्यस माथि चिसो पानी खन्याउने काम गर्नु हुदैन। महान सफलताहरुका बारेमा हामी आलोचित हुन सक्छौ। के त्यस्तो आलोचना गरिदैमा छुद्द्ता र असफलताहरु खोज्ने तिर लाग्ने त? त्यसो होईन, हामिले महान् सपनाहरु हासिल गर्न कदम चाल्नु पर्दछ । जो यसो भन्छ, उहीँ असल मान्छे हो हामिले हाम्रो संघर्षशीलतालाई जारि राख्नु पर्दछ। क्रान्ति अझै पूरा भईसकेको छैन। कामरेडहरु दिलो ज्यान दिएर लागी पर्नुहोस ।’
एउटा सफताले अर्को सफलता जन्माउने छन् । सफलता नै सफलताको माउ ९कगअभकक ष्क mयतजभच० हो । एउटा सफल संघर्षले अर्को सफल संघर्षमा लिएर जान्छन्। एउटा सफल संघर्षले अर्को सफलतालाई पछ्याई राखेको हुन्छ। एउटा क्रान्तिलाई अर्को क्रान्तिले पछ्याउँछ, क्रान्ति निरन्तर चल्छ ।
(लेखक नेकपा (विप्लब समूह) निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रिय संयोजक हुन् ।)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















