अशोक बुद्ध लामा
२६ जेष्ठ २०७७
रोशी । पञ्चबुद्ध युवा क्लबका अध्यक्ष तथा समाजसेवी अजय बुद्ध लामाले काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ छहरेमा रहेको कालीदेवी मन्दिरलाई मन्दिर निर्माणको लागि आवश्यक निर्माण सामाग्री सहयोग गरेका छन् । आज उक्त मन्दिरलाई अध्यक्ष लामाले निर्माण सामाग्री सहयोग गरेका हुन् ।
लामाले मन्दिर निर्माणको लागि सिमेन्ट २५ बोरा, बालुवा २ टिप, गिट्टी २ टिप, रड ३ मुठाल रड सहयोग गरेका थिए । मन्दिर जस्तो पवित्र स्थल निर्माणको लागि सहयोग गर्न पाउँदा आफू खुशी भएको लामाले बताए । ‘धार्मिक स्थल भनेको सबै आस्थाको केन्द्र हो । मन्दिर पवित्र स्थल हो ।’ उनले भने, ‘यसरी सहयोग गर्न पाउँदा मलाई खुशी लागेको छ र गर्व पनि लागेको छ ।’
यस अघि खेलकुद प्रतियोगिताको आयोजना, टुहुरा वालवालिकालाई सहयोग, गाउँको ग्रामिण सडकहरुमा मर्मत लगायतका सामाजिक कार्यहरुमा लामा लाग्दै आएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















