काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले सरिता गिरीलाई संसद सदस्यबाट अबिलम्ब फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई आग्रह गरेको छ ।

संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले बुधबार संयुक्तरुपमा विज्ञप्ति जारी गरी गिरीले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक संचार माध्यममा दिएको अभिव्यक्ति दिएको भन्दै फिर्ता बोलाउन माग गरेका हुन् ।

संघले गिरीले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएकोे ठहर रहेको उल्लेख गरेको छ । त्यसैगरि यस्तो गैरआचरण र कार्य गर्नेलाई कानून बमोजिम कारवाही गर्न पनि संघले माग गरेको छ  ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।