विश्वभर ३७ लाख ७८ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएका छन् ।

७४ लाख ५८ हजार ६ सय ४६ जनामा कोरोनाको सङ्क्रमण पष्टि भएकामा ३७ लाख ७८ हजार १ सय ६० जना कोरोनामुक्त भएका छन् ।यस्तै ४ लाख १९ हजार भन्दाबढी मृत्यु भईसकेको वर्ल्डओमिटरमा उल्लेख छ।

सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा २० लाख ६६ हजार बढीमा सङ्क्रमण देखिएको छ भने १ लाख १५ हजार १ सय ३० जनाको मृत्यु भएको छ । संक्रमितमध्य ८ लाख ८हजार भन्दा बढी निको भएका छन् ।

अमेरिकापछि ब्राजिलमा सङ्क्रमण तिव्र गतीमा बढिरहेको छ । ७ लाख ७५ हजार भन्दा बढीमा सङ्क्रमण भएकोमा ३९ हजार ७ सय भन्दाबढी मृत्यु भएको ।

Comments

comments