अशोक बुद्ध लामा
३० जेष्ठ २०७७
धुलिखेल । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ मा रहेको पञ्चबुद्ध युवा क्लबका अध्यक्ष तथा समाजसेवी अजय बुद्ध लामाले धुलिखेलमा रहेका बृद्धाहरुलाई राहत वितरण गरेका छन् । विहिबार लामाले धुलिखेलमा विभिन्न स्थानबाट डेरा गरि बसेका बृद्धाहरुलाई राहत वितरण गरेका हुन् ।
लकडाउनका कारणले दैनिक जीवन कष्टकर बन्दै गएको बेला समाजसेवी लामाले राहत वितरण गरेपछि बृद्धा आमाहरु खुशी भएका थिए । लामाले उनीहरुलाई दैनिक उपभोग्य सामाग्री वितरण गरेका थिए ।
‘लकडाउनले सबैको दैनिकीमा समस्या पारेको छ । मुख्यतः हातमुख जोड्न नै समस्या भएको छ । गाउँबाट शहरमा आएर दैनिक मजदुरी गरेर बाँच्नेहरु निक्कै समस्यामा देखें ।’ युवा व्यवसायी समेत रहेका समाजसेवी लामाले भने, ‘मैले जति वितरण गरें यो पर्याप्त होइन, हुँदैन पनि । तर केही दिनको लागि भएपनि सहज हुन्छ भन्ने लागेको छ ।’
रोशी गाउँपालिका वडा नं. ११ निवासी लामाले यस अघि पनि रोशी गाउँपालिका वडा नं. ११ छहरेमा रहेको कालीदेवी मन्दिरलाई मन्दिर निर्माणको लागि आवश्यक निर्माण सामाग्री सहयोग गरेका छन् ।
क्लबको तर्फबाट विभिन्न समयमा खेलकुद प्रतियोगिताको आयोजना, टुहुरा वालवालिकालाई सहयोग, गाउँको ग्रामिण सडकहरुमा मर्मत लगायतका सामाजिक कार्यहरुमा लामा लाग्दै आएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















