३१ जेष्ठ २०७७
काभ्रे । जिल्लाको बनेपा र धुलिखेलमा नेकपा निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले दीप प्रज्ज्वलन गरेको छ । प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेकोमा खुसियाली मनाउँदै दीप प्रज्ज्वलन गरेको हो ।
निसान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि काभ्रेली उत्साहित भएका छन् ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निसान छापमा प्रयोग गर्नेसम्बन्धी विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ ।
दीप प्रज्ज्वलनमा सहभागीले ‘लिम्पियाधुरा हाम्रो हो’, ‘चन्द्र, सूर्य हाम्रो स्वाभिमान’जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए ।
कार्यक्रममा नेकपाका जिल्ला नेताहरुको सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।