महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार २ सय पुगेको छ ।

७८ लाख ६० हजार ७ सय ५२ जना संक्रमित भएका छन् । संक्रमित मध्य ३३ लाख ९२ हजार ७ सय ६१ जनाको उपचार भइरहेको छ भने ५४ हजार भन्दाबढीको अवस्था गम्भिर रहेको वल्डोमिटर्समा उल्लेख छ ।

संक्रमित मध्य ४० लाख ३५ हजार ७ सय ९१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यस्तै कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा १ लाख १७ हजार ५ सय २७ जनाको मृत्यु भएको छ । २१ लाख ४२ हजार २ सय २४ जना संक्रमित भएका छन् । जसमध्य ८ लाख ५४ हजारभन्दाबढी कोरोनामुक्त भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।