३२ जेष्ठ २०७७
धुलिखेल । काभ्रेमा सेनाको क्याप्टेन हुँ भन्दै ठगी गर्ने गिरोह पक्राउ गरेको छ । बुधबार धुलिखेल नगरपालिका वडा नं. ७ अड्डाबजारमा होटल व्यबसायी गरी बस्ने चन्द्र कुमार लामालाई म ठग्ने गिरोहलाई प्रहरीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पाँचखाल नगरपालिका वडा नं. ०४ बस्ने जित बहादुरको छोरा बर्ष ३१ को केवल राई सुनुवार, पाँचखाल–५ बस्ने मान बहादुरको छोरा बर्ष २४ को राम बहादुर तामाङ, पाँचखाल–४ बस्ने रामचन्द्रको छोरा बर्ष ३७ को भिम माहाजु, तनहुँ जिल्ला मेरलुङ् गाविस वडा नं. ४ को हाल भानु नगरपालिका वडा नंं. १२ बस्ने जित बहादुर अधिकारीको छोरावर्ष ४८ को अमर अधिकारी रहेका छन् ।
‘बिष्णुदल गण धुलिखेलमा कार्यरत नेपाली सेनाको क्याप्टेन हुँ हामीसंग स्टोरमा रहेका सामानहरु चामल, चिनी, तेल, बियर, नुन तपाईलाई सस्तोमा मिलाई दिन्छु भनि रु ५ लाख ६९ हजार २ सय १० रुपैयाँ बराबरको सामानल्याउँछु भनेको रहेछ ।’ जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाले भने, ‘ती गिरोहले श्री विष्णुदल गण व्यारेक धुलिखेल काभ्रेपलाञ्चोक रासन स्टोर विभागको नक्कली पत्र देखाई विभिन्न किसिमको प्रलोभनमा पारी विश्वासमा पारी नेपाली २ लाख ५० हजार रुपैयाँ लिएको देखिन्छ ।
डिएसपी थापाका अनुसार निज जाहेरवालाको स्कुटर समेत लिई तत्काल सामान लिई आउछु भनि गएकोमा केहि समय पश्चात सम्पर्क बिहिन भएका थिए । खोजतलासको क्रममा ३।४ दिन पछि धुलिखेलमा स्कुटर मात्र फेला परेको उनले बताए ।
सो गिरोहलाई पाँचखाल नगरपालिका वडा नं. ४ पक्राउ गरी ठगी सम्बन्धी कसूर अन्तर्गत काभ्रे जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।