३२ जेठ, २०७७ चौकुने
सुर्खेत । सुर्खेत जिल्लाको पश्चिममा पर्ने चौकुने गाउँपालिका वडा नं। ७ मा स्थापना हुने मध्यपश्चिम् बिश्वविद्यालय अन्तरगत कर्णाली कृषि तथा बन बिज्ञान संकाय संचालन गर्नको लागि आवश्यक पर्ने जग्गा खरिदको प्रक्रिया शुरु भएको छ ।
आईतवार चौकुने गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष अमर बहादुर बुढा क्षेत्रीले जग्गादाता हरुलाई ५८ रोपनी जग्गा मध्ये तत्काल ३४ रोपनी चार आना जग्गा धनिहरुलाई एक रोपनी बराबर पचास हजारका दरले पेस्की (बयाना) स्वरुप १७ लाख रुपैया हस्तान्तरण गर्नु भएको छ भने बाकी रहेको करिब २४ रोपनी जग्गाको विषयमा जग्गाधनीहरु संग कुरा भैरहेको र चाडै जग्गा उपलब्ध हुने कर्णाली कृषि तथा बन बिज्ञान संकाय संचालन समितिका अध्यक्ष मोहन बडुवालले जानकारी दिए ।
प्राबिधिक शिक्षाले कर्णाली प्रदेश र समग्र देशको बिकासमा मद्दत पुग्ने र हरेक विद्यार्थीहरुलाई कृषिमा आत्मनिर्भर बनाई सिप अनुसारको रोजगारी सिर्जना गर्न संकाय स्थापना हुन लागेको अध्यक्ष बडुवालले बताउनु भयो ।यसैगरी चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले चौकुने गाउँपालिकामा मध्यपश्चिम् बिश्वबिद्यालयको कृषि र तथा बन बिज्ञानको संकाय नै संचालन हुन लागेको र अब यहाँको गरिबी, अशिक्षित, बेरोजगारी र पछौटेपनको अन्त्य हुनेमा बिश्वास गरे ।
आफू निर्बाचित भएर आएको पहिलो वर्षको गाउँसभा बाट नै कृषि र बन बिज्ञान क्याम्पस संचालन गर्ने निर्णय गरेको र आगामी दिनहरुमा सबैको सहयोगले कृषि र बन बिज्ञान क्याम्पस संचालन गर्ने बिचार व्यक्त गरे ।
मध्यपश्चिम् बिश्वविद्यालयको कार्यकारी परिषद् , प्राज्ञिक परिषद् र नवौं सिनेटले चौकुने गाउँपालिका वडा नं। ७ मा कर्णाली कृषि तथा बन बिज्ञान संकायलाई आफ्नो आंगिकको रुपमा संचालनमा ल्याउने निर्णय गरिसकेको छ । चौकुनेमा कृषि तथा बन बिज्ञान संकाय संचालनमा ल्याउन जन स्तरबाट सहयोग र जग्गा खरिदको लागि गत कार्तिक २२ गते देखि २९ गते सम्म महायज्ञ तथा परित्राण लगाइएको थियो । उक्त महायज्ञ तथा परित्राणमा एक करोड ५६ लाख बराबर आर्थिक संकलन भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।