३२ जेष्ठ २०७७
रामेछाप । जिल्लाकोे सुनापति गाउँपालिका वडा नं. ४, बेथानमा राहत वितरण भएको छ । गत जेठ २८, २९ र ३० गते सुनापति भ्वाँसा च्यारिेटी मेडिकल सेन्टर र बौद्ध धर्म अध्ययन केन्द्र सुनापति भ्वाँसाको अध्यक्ष तथा समाजसेवी धर्म गुरु विमान सिङ (ङवाङ पाल्देन) तामाङको ब्यबस्थापनमा राहत वितरण भएको हो ।
उक्त खाद्यान्न राहत DREPUNG LOSELING INSTUTITE OF TEXES ,DUC VIEN BUDDIST TEMPLE IN SAN JOSE USA , AN LAC BUDDIST TEMPLE IN SAN JOSE USA , UNIVERSAL VIRTUE BUDDIST CHAIRTIES AND METTA HEARD IN OAKLAND USA को आर्थिक सहयोगमा वितरण गरिएको थियो । सुनापति–४ बेथानको १२ सय ९८ घर धुरीलाई खाद्यान्न वितरण गरिएको हो ।

ने.क.पा. सुनापति–४ बेथानको अध्यक्ष दन्डुव लामाको समन्वयमा गरिएको राहत वितरण कार्यक्रममा स्थानीय बुद्दिजीवी ब्यतिmत्वहरु लगायत नेपाली कांग्रेस सुनापति बेथानको प्रतिनिधिको उपस्थिति रहेका थिए ।
प्रत्येक घर धुरी लाई २५ के जी चामल वितरण गरिएको थियो । कोभिड १९ को महासंकटको कारणले अहिले देश नै लकडाउनमा भएको दुखद अबस्थामा यस किसिमको राहत वितरण कार्यक्रमले केही मात्र भए पनि जनताले राहतको महसुस गरेको छ ।
बेथान बाट सुरु गरिएको खाद्यान वितरण कार्यक्रम खान्जा पिप्लेमा पुगेर संस्थाका संचालक सदस्य विजय तामाङ मोक्तान को सभा अध्यक्षमा सम्पन्न भएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि धर्म गुरु तथा समाजसेवी विमान सिङ (ङवाङ पाल्देन) तामाङले भल्वाडी मानेपा आमा समुह लाई बौद्ध धर्म अध्ययन केन्द्र निर्माण गरि दिने र साविक आन्तार गुम्वा पुन निर्माण गर्ने क्रममा आर्थिक सहयोग गर्ने र भल्वाडीमा खाने पानी समस्या समाधानको निम्ति आवश्यक आर्थिक सहयोग गरिदिने वचन समेत ब्यतm गरेका थिए ।
यसै गरी समापन कार्यक्रममा खाद्यान्न वितरणको ब्यबस्थापनको तर्फबाट ने क पा सुनापति गाउँपालिकाको अध्यक्ष दन्डुव लामाले खाद्यान्न वितरण कार्यक्रममा सहयोग गर्नु हुने सम्पुर्ण ने क प का सदस्यहरु नेपाली काग्रेसको प्रतिनिधि लगायत यो अभियानमा सहयोग गर्नु हुने सम्पुर्णमा धन्यवाद ब्यतm गरे । साथै ने क प सुनापति रामेछापका युवा नेता अमर लामाले सुनापति गाउँपालिकामा राहात वितरण गर्नु भएकोमा सुनापति भ्वोसा च्यारेटि मेडिकल सेन्टर लाई धन्यवाद दिदै आगामी दिनमा यस्तो कार्यक्रमको निरन्तरताको निम्ति शुभकामना समेत ब्यतm गरेका थिए ।
साथमा संस्थाका सचिव कमान सिङ तामाङले यो मेडिकल सेन्टरबाट गरेको कार्यक्रहरुको बारेमा चर्चा गर्दै यस मेडिकल बाट विद्यालयका विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य उपचार र वृद्ध आमा बुबालाई ५० प्रतिशत छुटमा स्वास्थ्य उपचार गरेको र जनतालाई आपत विवद आउँदा सदैव जनताको वीचमा नै रहने कुरा मा जानकारी गराए ।
यसै गरी नेपाली काग्रेसको तर्फबाट दान बहादुर लामा छ्योइसाङले राहत वितरण गर्नु भएकोमा नेपाली काग्रेसको तर्फबाट धन्यवाद दिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















