१ असार २०७७
तेमाल । कोभिड–१९ संक्रमण रोकथामको लागि काभ्रेको तेमाल गाउँपालिकाले वडा स्तरीय योजनाहरुको भुक्तानी दिन बार निर्धारण गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले एक सूचना जारी गर्दै भुक्तानीको बार तोकिएको जानकारी दिएको हो ।
मंगलबार देखि लागुहुने गरि भुक्तानीका लागि बार तोकेको सूचनामा उल्लेख छ । आइतबार र सोमबार १, २ र ३ नम्बर वडा, ४, ५ र ६ नम्बर वडाका लागि मंगलबार र बुधबार र ७, ८ र ९ नम्बर वडाका लागि बिहिबार र शुक्रबार बार निर्धारण गरिएको जनाएको छ ।
भुक्तानी प्रक्रियालाई सहज र भिडभाड रहित बनाउन यस्तो निर्णय गरिएको बताइएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।