१ असार २०७७
धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा रहेको सञ्जिवनी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा स्वाव संकलन बुथ स्थापना भएको छ । रोटरी क्लब धुलिखेल र रोटरी क्लब अफ काठमाण्डौको आर्थिकमा सहयोगमा क्वारेन्टाइन स्थलमै पिपिई बुथ आजबाट सञ्चालनमा ल्याएको हो ।
यसअघि यो क्वारेन्टाइन बस्ने सबैको स्वाब संकलन गर्न भौतिक रुपमै धुलिखेल अस्पताल जानुपर्ने बाध्यता थियो ।
पिपिई बुथ सञ्चालनमा आएपछि कोरोना भाइरसको आशंका गरिएका ब्यक्तिलाई अस्पतालसम्म लैजादाँ र ल्याउँदाको जोखिम पनि हटेको धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले बताए ।
सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ १९ सर्नबाट जोगाउन बुथ सञ्चालनमा ल्याइएको इन्जिनियर हेरेराम हुमागाईले बताए ।
बुथभित्र बसेर सम्भावित संक्रमितको घाँटीबाट र्‍याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भाबना शुन्य हुने जनाइएको छ । संभावित संक्रमितको घाँटीबाट र्‍याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्न मिल्ने ब्यवस्था गरिएको छ ।
डाक्टर महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बनाएको हो । बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवाल, इन्जिनियर हरेराम हुमागाईले एक कार्यक्रमका बिच स्वास्थ्य संयोजक केसीलाई बुथ हस्तान्तरण गरेका थिए ।

Comments

comments