२ असार २०७७
काठमाडौं । नेपालमा मंगलबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ६ हजार ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अहिलेसम्म कोभिड(१९ पुष्टि भएका व्यक्तिको संख्या ६ हजार ५९१ पुगेको जानकारी दिएका हुन् ।
डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११५८ पुगेको छ ।

Comments

comments