५ जेष्ठ २०७७
धुलिखेल । काभ्रे जिल्लाका अस्पतालले विरामी अर्को अस्पतालमा रिफर गर्दा रिफर गरिएको अस्पतालसँग अनिवार्य समन्वय गर्नुपर्ने भएको छ । समन्वय नगरी विरामी रिफर गर्दा विरामीले उपचार नपाएको पाइएपछि यस्तो निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बताएका छन् ।
‘विरामीलाई एक अस्पतालबाट अर्को अस्पताल समन्वय नगरी रिफर गर्दा विरामी मर्कामा परी भर्ना तथा उपचार नपाउने अवस्था आएको देखिदा रिफर गरिने अस्पतालसँग समन्वय नगरी अब उप्रान्त विरामी नपठाउने निर्णय भएको छ ।’ डिसिसिएमसि, काभ्रेको बैठकको निर्णयको जानकारी दिंदै डा. झाले भने, ‘त्यसरी समन्वय नगरी रिफर गरिएको पाईमा कानून बमोजिम कारवाही समेत गरिने छ ।’
त्यसैगरि काभ्रे भरि ६५ जना पुरुष र २२ जना महिला गरी जम्मा ८७ विभिन्न पालिकाहरुमा रहेका क्वारेन्टाइनमा राखिएको झाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।