५ जेष्ठ २०७७
धुलिखेल । काभ्रेमा पहिलो पटक संक्रमित भएका ५ जना व्यक्तिहरु आज अस्पतालबाट डिस्चार्ज भएका छन् । संक्रमित पाँचैजनाको आज (शुक्रबार)को रिपोर्ट अनुसार उनीहरुमा कोरोना नेगेटिभ देखेपछि पाँचैजनालाई डिस्चार्ज गरिएको हो ।
काठमाडौं कलेज दुवाकोटमा उपचाररत सबै विरामीहरुमा कोरानो भाइरस नेगेटिभ देखेपछि डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
‘अझ एकहप्ता होम क्वारेन्टाइनमा बस्ने बचनबद्धता भई उहाहरु घर भर्कीसक्नु भएको छ ।’ झाले भने, ‘डिस्चार्ज हुनेहरुमा रोशी गाउँपालिकाका ३ जना, पनौति नगरपालिकाका १ जना र पाँचखाल नगरपालिकाका १ जना रहनुभएको छ ।
देशको अहिलेको अवस्था अनुसार अझ सजग हुनेपर्ने उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















