अशोक बुद्ध लामा
६ असार २०७७
रोशी । काभ्रेको रोशी गाउँपालिका वडा नं. ६, ७ र ८ नं. वडामा राहत वितरण गरिएको छ । लकडाउनका कारण दैनिक जीवन यापनमा समस्या आइरहेको बेला युवा व्यवसायी तथा समाजसेवी रोशन थोकरको आर्थिक सहयोग र तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकर (थोकरदादा)को समन्वयमा खाद्यान्न राहत वितरण गरिएको हो ।
ती वडाहरुका बिपन्न, असाहय, असक्त र एकल महिला, वृद्ध गरि ६३ घर परिवारलाई राहत वितरण गरिएको थियो । प्रति परिवार १ बोरा चामल, दाल, मस्याउरा, नुन, तेल आदि वितरण गरिएको थियो ।
राहत बितारण कार्यक्रममा पत्रकार सुदिन दोङ, राष्ट्रिय खेलाडी सागर घिसिङ, युवा ब्यवसायी सरोज तामाङ, युवा ब्यवसायी हरि श्रेष्ठ, युवा ब्यवसायी बिबेक थोकर व्यक्तिहरुको सहभागीता थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।