६ असार २०७७
पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिकाका २८ जनाको कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । पनौती नगरपालिका इन्द्रेश्वर माविको क्वारेन्टाइनमा रहेका २३ जना र अन्य पाँच जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
नगर प्रमुख भिम न्यौपानेका अनुसार क्वारेन्टाइनमा रहेका २० जना पछिल्लो चरणमा विदेशी मुलुक र तराईका जिल्लाहरुबाट आएका नेपाली नागरिक र स्वास्थ्यकर्मी ३ जना, नगर कर्मचारी १ जना र ड्राइभर १ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको थियो ।
क्वारेन्टाइनमा रहेका २० जनालाई जेष्ठ ३ गते र ३ जनालाई शुक्रबार १४ दिन होम क्वारेन्टाइनमा रहने गरि स्थानिय जनप्रतिनिधि मार्फत घर पठाइएको नगर प्रमुख न्यौपानेले बताए ।
यसैबीच पनौती नगरपालिकाकी पहिलो संक्रमित महिला १४ दिनसम्म आइसोलेसनमा बसि पुनः परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसँगै निजलाई सुरक्षित तवरबाट १४ दिनसम्म होमक्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको नगरपालिकाले जानकारी दिएको छ । ‘पनौती नगरपालिका हाललाई कोरोना मुक्त नगर भएको भएको छ ।’ न्यौपानेले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।