६ असार २०७७
बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं ३ को २३ वटा योजना सम्पन्न भएको छ । यस वडामा सक्षम र सबल नेतृत्व वडा अध्यक्ष केपि दाहाल निर्वाचितसँगै वडाको स्वरुपमा निकै नै परिवर्तन आएको छ ।
उनको नेतृत्वले वडामा सञ्चालन भएका आर्थिक बर्ष ०७६।७७ का २९ वटा योजना मध्ये २३ वटा योजना सम्पन्न भई सकेको वडा अध्यक्ष दाहालले बताए ।
यसैगरि वडा न ३ मा बन्दै गरेको नवनिर्मित वडा भवनको पनि काम भईरहेको र यो वडा भवन अहिले दुई तल्ला बन्ने र तल्लो तलामा ३ कोठा र माथिल्लो तलामा ४ कोठा गरि जम्मा ७ कोठाको सुविधा सम्पन्न भवन बन्ने भवन निर्माण समितिका अध्यक्ष रामप्रसाद दाहालले बताए । ‘लकडाउनमा पनि हामी भवन निर्माण मा जुटिरहेका छौं ।’ उनले भने ।
वडा अध्यक्ष केपि दाहालले अब ०७७।७८ को योजनाहरु पुर्वाधार विकास हुने खालको छनौट गर्ने र ती योजनाहरु गौरवको योजना हुने उनले बताए ।
‘हाम्रा गौरवका योजनाहरु काभ्रे भिमसेन पर्यटन प्रवद्र्धन (ससिपानी), वासुकि एकीकृत विकास (वासुकि), देविस्थानलाई पर्यटन प्रवद्र्धनका हिसाबले गौरवको योजना बनाउन सक्ने र पहल गर्ने छु ।’ दाहाले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















