६ असार २०७७
नमोबुद्ध । देश तथा विदेशमा अहिले कोरोना भाइरसको त्रास छाई रहेको बेला नमोबुद्धका युवाहरुले लकडाउनको सदुपयोग गर्दै नमोबुद्ध स्तुपामा सरसफाई अभियान शुरु गरेको छ । नमोबुद्ध नगरपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको नमोबुद्ध स्तुपा वरपर शनिबार युवाहरुको सहकार्यमा नमोबुद्ध सरसफाई अभियान सुरु गरेको हो ।
नामोबुद्ध स्तुपा तथा अन्य स्थानहरुमा शनिबार सरसफाई थालेका थिए । सरसफाई अभियानमा नव गठित श्री श्यामपाटि सिमलचौर युवा क्लबको सहकार्यमा नमोबुद्ध स्तुपामा सरसफई कार्यक्रम कर्म ग्याल्बो लामाको प्रमुख आतीथ्यतामा सम्पन्न भएको थियो ।
सरसफई कार्यक्रममा युवा समाजसेवी, राट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा नेकपा काभ्रे जिल्ला कमिटि सदस्य राकेश लामा, श्यामपाटी प्रहरी चैकी प्रमुख लगाएत श्री श्यामपाटी सिमलचौर युवा क्लबका युवाहरुको सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















