७ असार २०७७ काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको हुनेको संख्या ४ लाख नाघेको छ ।

शनिबार मात्र एकै दिन १५ हजार ९ सय १५ जना नयाँ संक्रमित थपिएसंगै कुल सङ्क्रमित संख्या ४ लाख ११ हजार ७ सय २७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । यो भारतमा हालसम्मकै बढी दैनिक संक्रमित फेला परेको पहिलोपल्ट हो ।

केहि दिनदेखि दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको भारतमा मृतकको संख्या पनि बढ्दो क्रममा रहेको छ ।

यस्तै, कारोनबाट मृत्यु हुनेको संख्या १३ हजार २ सय ७७ पुगेको छ ।

त्यसैगरी २ लाख २८ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । शनिबार मात्र त्यहाँ १३ हजार ९ सय ७५ मानिस संक्रमणमुक्त भएको जनाइएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।