७ असार २०७७
धुलिखेल । काभ्रे जिल्लाका सबै स्वास्थ्यकर्मीको कोरोना विमा गराइएको छ । चौरीदेउराली गाउँपालिका वडा नं. ५ निवासी समाजसेवी तथा निर्माण ब्यवसायी राम बहादुर गौतमले जिल्लाका सबै स्वास्थ्य कर्मीको कोरोना बिमा गराइदिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेमा पुगी प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका संयोजक श्रवण कुमार तिमिल्सिनाको कार्यकक्षमा पुगी आज बिमा रकमको चेक हस्तान्तरण गरेका थिए ।
निर्माण ब्यवसायी गौतमले काभ्रेको ७ सय ४९ जना स्वास्थ्यकर्मीको कोरोना बीमा गराइएको थिए । गौतमले ६ सय रुपैयाँका दरले चार लाख उनन्चास हजार चार सय रुपैयाँको चेक प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई हस्तान्तण गरे । एक वर्षका लागि १ लाखको बिमा गरिएको हो ।
बीमा चेक हस्तान्तरण गर्दै गौतमले कोरोना महामारीकामा स्वास्थ्य कर्मी नै पहिलो घेरामा रहेर खटिनुपर्ने भएकाले प्रोत्साहान स्वरुप बिमा गरिएको बताए ।
प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले कोरोना विरुद्ध सबैभन्दा अगाडि रहेर लडिरहेको स्वास्थ्यर्कीको बीमा गरेर स्वास्थ्यकर्मीहरुको मनोबल बढाएकोमा गौतमलाई धन्यवाद दिए । उनले सुरक्षाकर्मीको पनि बीमा गर्नुपर्नेमा जोड दिए ।
बीमा रकम हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद रत्न ढकाल, नेपाल पत्रकार महासंघ वागमती प्रदेश सचिव सुरेश हुमागाई, नेकपाका नेता कुमार थापा लगायतका सहभागीता रहेका थिए ।
यसैगरि व्यवसायी गौतमले नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई पनि ५० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका छन् । यस अघि पनि गौतमले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















