अशोकबुद्ध लामा
७ असार २०७७
काभ्रे । जिल्लाको रोशी गाउँपालिकामा शान्ति जन आदर्श सेवा केन्द्र नेपाल धुलिखेलले हात धुने स्टेसन स्थापना गरेको छ । आईतबार एक कार्यक्रमका बीच रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामालाई केन्द्रका अध्यक्ष शंख बुद्ध लामाले हात धुने स्टेसन स्थापना गरेर हस्तान्तरण गरिएका थिए ।
हात धुने धारा स्टेसन हस्तान्तरण सिआरएस संस्थाको आर्थिक सहयोग र शान्ति जनआदर्श सेवा केन्द्रको समन्वयमा स्थापना गरिएको संस्थाका अध्यक्ष लामाले बताए । कोरोनाको कहरमा गाउँपालिकामा बिभिन्न सेवा लिन आएका स्थानियहरुलाई हात धुने स्टेसनबाट धेरै लाभ लिन सकिने लामाले बताए ।
नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरीएको उक्त आधुनिक स्टेसनमा खुट्टाको माध्यमबाट ह्याण्डवास साबुन र पानी सजिलै प्रयोग गर्न सकिने र हातको प्रयोग नहुने भएकाले रोग सर्ने जोखिम समेत कमहुने उनलेबताए ।
हात धुने स्टेसन हस्तान्तरण सम्झौता पत्र लिदै रोशी गाउँपालिका अध्यक्ष लामाले कोरोना भाईरसको मारमा रहेको समयमा संभावित जोखिमबाट बच्न नियमित साबुन पानीले हात धुनु उत्तम उपाय भएको र गाउँपालिकाको प्राङ्गणमा स्थापना गरिएको स्टेसनबाट धेरै जनताहरुले लाभ लिन सकिने बताए ।
गाउँपालिकासम्म आएर शान्ति जन आर्दश सेवा केन्द्रले यो रोशीको जनताको लागि सुरक्षित बनाउनको लागि यस्तो हात धुने स्टेसन राखेर सबैको मन जित्ने काम गरिएको बताए ।
कोरोनाको संक्रमण बढिरहेको अवस्थामा गाउँपालिकासम्म आएर स्टेसन स्थापना गरेर रोशि सरकारलाई सहयोग गरिएकोमा सस्था प्रति गाउँपालिका अध्यक्ष लामाले अभार ब्यक्त गरे ।
शान्ति जन आर्दश सेवा केन्द्रले जिल्लाको पनौती नगरपालिकाको क्वरेन्टाईन, स्वास्थ्य संस्था र सबै वडामा गरी १८ वटा हात धुने स्टेसन स्थापना गरिसकेको छ ।

Comments

comments