७ असार २०७७
धुलिखेल । काभ्रे जिल्लामा जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएस्पी कुमार विक्रम थापाका अनुसार उनीहरु तास खेलिरहेको अवस्थामा पक्राउ परेको हो ।
पक्राउ पर्नेहरुमा बनेपा–६ पाँचकुमारी पेट्रोल पम्पमा बस्ने बर्ष ३९ को जनक तिमल्सीना, तेमाल–८ बस्ने बर्ष २८ को बिश्वराज तामाङ, धुलिखेल–४ बस्ने बर्ष ३५ को रामेश्वर के.सी. धुलिखेल–४ बस्ने बर्ष ४० का अनिल थापा, धुलिखेल–४ बस्ने बर्ष ३४ का भोला राय धुलिखेल–४ बर्ष ४२ को किरण रन्जितकार रहेको डिएस्पी थापाले जानकारी दिए ।
उनीहरु बनेपा नगरपालिका वडा नम्बर ६ स्थित पाँचकुमारी पेट्रोल पम्प रहेको जनक तिमल्सिनाको घरमा हारजित हुने गरि पैसा रकमको बाजी थापी जुवा तास खेली खेलाई रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नगद तथा जुवा खेल्न प्रयोग गरेको तास सहित पक्राउ गरी निजहरु बिरुद्द अपराध दर्ता किताबमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपबाट ७ दिनको म्याद थप भई अनुसन्धान भई रहेको थापाले बताए ।
उनीहरको साथबाट ६ लाख ५४ हजार ५ सय नगद रुपैयाँ, ४ बुक तास र जुवा तास खेल्न प्रयोग भएको तन्दा १ थान बरामत भएको प्रहरीले जनाएको छ ।