९ असार २०७७
मण्डनदेउपुर । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा बुधबार नगर स्तरीय अस्पताल शिलान्यास हुने भएको छ । वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उक्त अस्पतालको शिलान्यास गर्ने नगर प्रमुख टोकबहादुर वाईबाले जानकारी दिए ।
१५ शैयाको उक्त अस्पताल १२ करोड ५३ लाख ७७ हजार २ सय ३ रुपैयाँ ७९ बजेटमा निर्माण हुन लागेको हो । वडा नम्बर ७ स्थित नौबिसेमा निर्माण हुन लागेको उक्त अस्पताल निर्माणमा प्रदेश सरकारको ७० प्रतिशत प्रदेश र नगरको ३० प्रतिशत बजेट बिनियोजन भएको वाइबाले जानकारी दिए ।
एक जना डाक्टरको नेतृत्वमा नर्सिङ, प्यारामेडिक र प्रयोगशाला सञ्चालन हुनेछ । अस्पताल निर्माण भएपछि आकस्मिक सेवा समेत सुरु हुनेछ ।
पहिलो चरणमा ५ वेड तयार हुनेछ भने १५ बेडसम्म विस्तार गरिनेछ । प्रसुती सेवा सहितको ओपिडी पनि सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । अस्पताल निर्माणका लागि अघिल्लो वर्ष पनि प्रदेश सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
यसैबीच नगरको आर्थिक वर्ष २०७७।७८ को बजेट अधिबेशन पनि बुधबार नै हुने नगर प्रमुख वाइबाले बताए । ‘यो आर्थिक वर्षको बजेट कृषि, कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्र र शिक्षामा बिशेष जोड दिएका छौ ।’ उनले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।