अशोक बुद्ध लामा
११ असार, २०७७ काभ्रे । जिल्लाको रोशी गाउँपालिकाको सात औँ गाउँसभा सम्पन्न भएको छ । रोशीको दृष्टी, पर्यटन र कृषी भन्ने मूल नाराका साथ हिजो (बुधबार) सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष डिबि लामाको अध्यक्षतामा भएको गाउँसभामा आर्थिक बर्ष २०७७।०७८ का लागि ५८ करोड ९९ लाख ५६ हजार बजेट विनियोजन भएको छ ।
आर्थिक वर्ष २०७७।०७८ नीति तथा कार्यक्रम अध्यक्ष लामाले प्रस्तुत गदैं आर्थिक बर्ष २०७७।०७८ का लागि पर्यटन र कृषीमा जोड दिने बताए । रोशी गाउँपालिकाका सबै नागरिकको घरदैलोमा विकासका पूर्वाधारको सहज पहुँच पुर्याउने, आधुनिक र व्यवसायिक कृषि प्रणाली तथा उद्योग, पर्यटन मार्फत उद्यमशिलता र रोजगारीको अवसर सृजना गरी जनताको आयस्तरमा वृद्धि गर्ने लक्ष्य लिएको जनाए ।
त्यस्तै संक्रमण लगायत सबै प्रकारका रोग र विपदबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षीत बनाउने, शिक्षामा सबै बालबालिकाको सम्मान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चितता गराउने, रोशी गाउँपालिकामा जोखिममा रहेका वर्ग र सामाजिक विभेद र उत्पीडन परेका नागरिकहरुको दूव्र्यवहार, भेदभाव र हिँसाको अन्त्य सँगै समतामुलक विकास मार्फत सम्मानपूर्वक जीवन जिउन पाउने वातावरण निर्माण गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा तथा सुरक्षित खानेपानी र सरसफाईमा नागरिकको सहज पहँुच पुर्याउने उल्लेख छ ।
वन तथा भूसंरक्षण एवं फोहोरमैलाको उचित व्यवस्थापन गरी रोशी जलाधारको संरक्षण गर्दै प्रकोप न्युनिकरण तथा विपद् व्यस्थापनमा उत्थानशील र स्वच्छ वातावरणयुक्त समुदाय निर्माण गर्ने रोशीले लक्ष्य लिएको छ । गाउँपालिकाद्वारा प्रवाह हुने सेवा तथा राजश्व संकलनमा पारदर्शिता, जवाफदेहिता र नागरिकमा सन्तुष्टी कायम गर्ने, स्थानिय श्रोत साधनहरुको परिचालन गरी स्थानिय स्तरमा रोजगारी सृजना गर्ने गाउँपालिका लामाले बताए ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आर्थिक बर्ष २०७७।०७८ को बजेट प्रस्ततु गरेकी थिइन । उनले आर्थिक बर्ष २०७७।०७८ मा केन्द्र तथा प्रदेश सरकार एवं गाउँपालिकाको कुल बजेट ५८ करोड ९९ लाख ५६ हजार आय र सोहि अनुसारको व्यय हुने अनुमान गरेको जनाएकी थिइन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।