१२ असार,२०७७ काभ्रे । जिल्लाको रोशी गाँउपालिका वडा नं. ५ मा करोडौंको बुद्धचित्त लुटपाट भएको छ ।
हिजो (विहिबार) राती अन्दाजी साढे १० बजेको समयमा अज्ञात समुहले बुद्धचित्तको माला लुटपाट गरेका हुन् । लुटपाट गर्न आएका समुहले गोली समेत चलाएको बताएको छ ।
रोशी गाउँपालिका सिपालीका सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गोली लागेर ४ जना घाइते भएका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
वडा अध्यक्ष तिर्थ बहादुुर लामाका अनुसार ठेकदारले ९० लाख कर बुझाएरै लिएको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















