१२ असार २०७७ नमोबुद्ध । काभ्रे जिल्लाका अधिकांश पालिकाहरुले आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गरेका छन् ।
असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउनै पर्ने बाध्यकारी प्रावधान रहेता पनि केही स्थानीय तहहरुले भने बुधबार सार्वजनिक गर्न सकेका छैनन्।
जिल्लाको नमोबुद्ध नगरपालिकाले भने गत बुधबार सातौं नगरसभामा आगामी आर्थिक बर्ष २०७७।७८ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
आव २०७७।७८ का लागि नगर सभामा मेयर टि.पी. शर्मा तिमल्सिनाले ६३ करोड ८९ लाख ३४ हजार ५ सय ४१ रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
सातौं नगरसभामा नगरपालिकाले कोरोना संक्रमणले निम्त्याएको संकट व्यवस्थापनका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई विषेश प्राथमिकता दिदैं नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् ।
रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नमोबुद्धको बजेट तथा नीति कार्यक्रमले समेटेको शर्माले बताए ।

Comments

comments