१४ असार २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका विभन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
आज विहान मौसम बुलेटिन जारी गर्दै महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभावका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा केही स्थानमा वर्षा भइरहेको र अधिकांश स्थानमा बदलीरहेको जनाएको छ ।
महाशाखाले देशभर धेरै स्थानह?मा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेश का थोरै स्थानह?मा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।
अझै केही दिन मौसम सक्रिय रहने र भारी वर्षाको सम्भावना रहेको हुँदा नदीह?मा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असार १४ गते (आइतबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानह?मा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५का एक–दुई स्थानह?मा भारी वर्षाको सम्भावना रहेको छ।
रातिः देशको सबै प्रदेशह?मा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानह?मा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेश का एक–दुई स्थानह?मा भारी वर्षाको सम्भावना रहेको छ।
असार १५ गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानह?मा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २ तथा बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेश थोरै स्थानह?मा भारी वर्षाको सम्भावना रहेको छ।
रातिः देशको सबै प्रदेशह?मा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानह?मा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानह?मा भारी वर्षाको सम्भावना रहेको छ।
असार १६ गते (मंगलबार)
दिउँसोः देशका अधिकांश भू–भागमा सामान्य बदली रही धेरै स्थानह?मा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानह?मा भारी वर्षाको सम्भावना रहेको छ।
रातिः देशको सबै प्रदेशह?मा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानह?मा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका का एक–दुई स्थानह?मा भारी वर्षाको सम्भावना रहेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















