१६ असार २०७७,
धुलिखेल । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाइबाले आगामी दिनहरुमा नगरपालिकासँग थप साझेदारी गरेर कृषि क्षेत्रको काम गरिने बताएका छन् । नगरप्रमुख वाइबाले अनेकोट–मण्डन तरकारी उत्पादक ब्लक कार्यक्रम अन्तर्गत वितरण भएका मिनी ट्याक्टरको सदुपयोग भए नभएकोबारे नगरपालिकाले अनुगमन गर्ने बताए ।
सोमबार मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ३ र ८ मा मिनी ट्याक्टर वितरण कार्यक्रममा नगरप्रमुख वाइबाले उक्त कुरा बताएका हुन् ।
पाँचखाल र मण्डनदेउपुर नगरपालिकाका दुई सय किसानलाई मिनी ट्याक्टर वितरण गरिएको छ । प्रधानमन्त्री आधुनिकरण कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र काभ्रेद्वारा अनेकोट–मण्डन तरकारी उत्पादक ब्लक सञ्चालक समिति मार्फत जेठ ३० गतेदेखि असार १५ गतेभित्रसम्म मिनी ट्याक्टर वितरण गरिएको हो ।
कार्यक्रममा उपप्रमुख निर्मला शाहिले तरकारी उत्पादक ब्लक कार्यक्रम किसानका लागि अति आवश्यक रहेको बताइन । उनले कार्यक्रम वास्तविक किसानकै लागि रहेको भन्दै नगरपालिकाले कार्यक्रमलाई थप प्रभावकारी बनाउन साथ र सहयोग गर्ने प्रतिबद्धता जनाइन ।
कार्यक्रम चालु आर्थिक वर्षबाट सुरु भएको हो । कार्यक्रम तीन वर्षसम्म चल्ने छ । कारण मिनी ट्याक्टर मात्रै वितरण गरेका हौँ, आगामी बर्षबाट थप कार्यक्रमहरु सञ्चालन हुनेछ ।’
सञ्चालक समितिका सचिव राममणि पौडेलले तरकारी उत्पादक ब्लक कार्यक्रम अन्तर्गत तरकारी उत्पादनका लागि आधुनिक औजार वितरणका साथै टनेल, पानी तान्ने पम्प, तरकारीको बीउ, तरकारी जोख्ने काटाँ, तरकारी राख्ने क्रेट, तरकारी प्याकिङ, लेबलिङ र बजारीकरणसम्मको लगायतको काम गरिने जानकारी दिए ।
त्यसैगरी आलु सुपर जोन काभ्रेका अध्यक्ष हरि खतिवडाले किसानका लागि कम लगानीमा धेरै उत्पादन गर्न सक्ने गरी सीप र ज्ञान दिन आवश्यक रहेको बताए । उनले सुपर जोन अनेकोट–मण्डन तरकारी उत्पादक ब्लक कार्यक्रमसँग सहकार्य गर्ने बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















