१७ असार २०७७
धुलिखेल । नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दर्ता गरेको छ । २१ जना पदाधिकारी रहेका पार्टीको चुनाव चिन्ह भने हिमालमा उदाउँदै गरेको घाम राखिएको छ ।
आयोगले १४ असारमा दल दर्ताको निवेदन परेको जनाएको छ । दलको पूरा नाम ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी’ राखिएको छ ।
आवेदनमा दलको नाम, कार्यसमितिकोे पदाधिकारीहरूको नाम, विधान, घोषणापत्र, विनियमावलीलगायतका कागजातहरू, झण्डा, चिह्न पनि पेस भइसकेको आयोगले जनाएको छ । साथै दलमा आबद्ध हुन आवश्यक पर्ने पाँच सयजना व्यक्तिको हस्ताक्षरसहितको प्रतिबद्धता पनि पेस भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । यो सबै प्रक्रिया पूरा गर्न ४५ दिनको समय उपलब्ध हुन्छ ।
नेकपा एमाले र माओवादीको पार्टी एकता भएको वर्ष दिन नाघिसकेकाले नेकपा एमाले नामक दल दर्ता गराउन बाटो खुलेको हो । एकता भएको एक वर्ष नपुगेको भए नेकपा एमाले नामक नयाँ दल दर्ताका लागि प्रक्रिया अघि बढाउन नमिल्ने श्रेष्ठ बताउँछन् ।
पार्टीको अध्यक्षमा विराटनगर–६, जनकपुरकी सान्ध्या तिवारी रहेकी छिन् ।
यसबैबीच काभ्रेबाट नयाँ पार्टीको केन्द्रिय सदस्यमा पुर्णिमा लामाले प्रतिनिधित्व गरेकी छिन् ।
यस्तो छ प्रस्तावित नेकपा एमालेको केन्द्रिय समितिः
१. सन्ध्या तिवारी –अध्इक्ष, विराटनगर–६, जनकपुर
२. भगवती खड्काः उपाध्यक्ष, रामेछाप
३. मनिसकुमार उपाध्यय महासविच, जनकपुर
४. अस्मिता सुनार– सविच, खोटाङ
५. दावा लामा सचिव, सलाही
६. जयराम राउत, सचिव, रौतहट
७. खगेन्द्र प्रसाद भुषाल, सविच पर्वत
८. राधा पुरी सविच, अर्घाखाँची
९. हिलारबहादुर बोहोरा, सविच, डोल्पा
१०. तारादेवी शाही, सचिव, बाझुरा
११. पवन विष्ट सदस्य, काठमाडौं
१२. निलम पोखरेल सदस्य, झापा
१३. किरण लामिछाने, सदस्य, काठमाडौं
१४. उमेश महत्तो, सदस्य, सर्लाही
१५. उषाकुमारी झा, सदस्य, धनुषा
१६. प्रदिपराज गिरी, सदस्य, काठमाडौं
१७. पुर्णिमा तामाङ, सदस्य, काभ्रे
१८. निस्चल बस्नेत, सदस्य, सिरहा
१९, सञ्जिब विष्ट, सदस्य, काठमाडौं
२०. विनिता कार्की, सदस्य, भक्तपुर
२१. विमला विष्ट रोक्का, सदस्य, काठमाडौं
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।