२० असार २०७७ काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका जाँ कास्टेक्सलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणका बीच खुकुलो बनाउने नीति ल्याएका जिन कास्टेक्सलाई शुक्रबार राष्ट्रपति मैक्रोनले प्रधानमन्त्री नियुक्त गरेका हुन्।
प्रधानमन्त्री एडुअर्ड फिलिपले राष्ट्रपति समक्ष राजीनामा दिएपछि उनको स्थानमा काटेक्सलाई नियुक्त गरिएको हो । नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै सरकारमा नयाँ समूहको आवागमनको अनुमानहरू गरिएका थिए ।
राष्ट्रपतिको सत्ताधारी दल द रिपब्लिक अन द मुभ पार्टीलाई सन् २०१७ पछि मार्चमा भएको नगरहरूको निर्वाचनमा कुनै पनि प्रमुख शहरमा सफलता मिलेको थिएन । फिलीप र उनको सम्पूर्ण समूहले सरकारबाट शुक्रबार नै राजिनामा दिइसकेको छ ।
राष्ट्रपतिले आगामी सरकारलाई महामारीका कारण आएको आर्थिक सङ्कटसँग जुझ्न तयारी गरिरहेका भनाइहरू राजनीतिक विश्लेषकहरूले राख्दै आएका थिए ।





















