२० असार २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २७२ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको बताए।
योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ६ हजार ४ सय १५ पुगेको छ। त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ।
शनिबार थप दुई जना संक्रमितको कोरोनाले मृत्यु भएको पुष्टिसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।