सुदिन तामाङ
२० असार २०७७
खानीखोला । काभ्रे जिल्ला खानीखोला वडा नं. ७, मिल्चेका हावाहुरी पिडितलाई शुक्रबार एक कार्यक्रमका बीच राहत वितरण गरेको छ । ललितपुर जिल्ला वागमती गाउँपालिकाका केही समाजसेवीहरुले पिडितहरुलाई राहत वितरण गरेका हुन् ।
तामाङ युवा एकता समाज, नेपाल खानीखोला गाउँपालिका वडा नं. ७, च्योमन डाँडाको पहलमा उक्त राहत वितरण गरेको थियो । वडा नं. ७ का हावाहुरी ६३ घरधुरी पिडितहरुलाई १।१ बोरा चामल, १।१ लि. तेल, १।१ पकेट नून, सावुन १।१ वटा, १।१ प्याकेट विस्कुट वितगरण गरेको थियो ।

 

राहत ललितपुर जिल्ला वागमती गाउँपालिका वडा नं. ७ काङावाङ थरदोई रुम्बा, सविना लामा, फूर्बा वाङगेल लामा, सनी लामा, सन्दीप लामा, समिर लामा, पुनम लामा, कपिल लिम्बुले व्यवस्था गरेका थिए ।
राहत गाउँसम्म लानका लागि वडा कार्यालयले समन्वय गरेको थियो ।
गत महिना हावाहुुरीका कारण मिल्चेमा घर भत्किनुका साथै अन्नपात समेत नष्ट भएको थियो । यसरी राहत पाएपछि पिडितहरु खुशी भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।