२० असार २०७७
काठमाडौं । प्रधानमन्त्रीसँग असन्तुष्ट नेकपाका शीर्ष नेताहरूले पार्टीलाई फुट्न नदिनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने निष्कर्ष निकालेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा बसेको ओलीइतरका नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टी फुट्न नदिन आफूहरूले सक्दो प्रयास गर्ने र पार्टी फुटको आरोप नलाग्नेगरी भूमिका खेल्ने बताएका छन् ।
बैठकमा पार्टी अध्यक्ष दाहालसहित शीर्ष नेताहरू माधवकुमार नेपाल‚ झलनाथ खनाल‚ बामदेव गौतम‚ रामबहादुर थापा ‘बादल’लगायतका नेताहरूको उपस्थिति थियो ।
पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार र शनिबार थप आन्तरिक छलफल गर्नेगरी स्थायी कमिटीको बैठक एक दिनको लागि स्थगित गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।