२० असार २०७७
काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको कुन्तावेशीमा कोरोना प्रतिरोधी औषधी वितरण गरेको छ । मारवाडि सेवा समितिको सहयोगमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने होमियोप्याथिक औषधी निःशुल्क वितरण गरिएको हो ।
मण्डनदेउपुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष नारायणप्रसाद लम्साल, समाजसेवी बद्रिप्रसाद लम्साल, वडा सदस्य भिमलाल श्रेष्ठ, समाजसेवी नारायण पौडेल, नारायणबहादुर विष्ट, नारायण ढकाल, रमेश तिमल्सिना लगायतको उपस्थितिमा मिडिया क्लब, नेपालका अध्यक्ष तथा समाजसेवी श्यामकृष्ण लम्सालको संयोजनमा ४ सय ५० घरपरिवारका लागि औषधी वितरण गरेको थियो ।
लम्सालले यसअघि पनि विभिन्न सामाजिक कामहरू गर्दै आएकाछन् । मण्डनदेउपुर नगरपालिकाका जनताले उक्त औषधीको व्यापक माग गरेकाले मारवाडी सेवा समितिको संयोजनमा नगर क्षेत्रभित्रका सबै जनतालाई टोलटोलमा नै औषधी उपलब्ध गराउने उनले बताए ।

Comments

comments